Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : संयोजक प्रचण्ड


721
Shares

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : संयोजक प्रचण्ड

धनगढी, १२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनुभएको छ। आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो। गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उहाँको भनाई थियो। “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ ।

त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,” संयोजक प्रचण्डले भन्नुभयो संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गर्नुभयो।

एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह गर्दै उहाँले भन्नुभयो, “अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो।”

देशव्यापी चर्चामा रहेको जेएनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई “नरसंहार” का रूपमा चित्रित गर्नुभयो। युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्‍याउँदै उनले सरकारको बल प्रयोग गलत भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology