Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा तर्फको त्रिशुली नदीमा वेवारिसे पुरुषको शव फेला


630
Shares

गोरखा तर्फको त्रिशुली नदीमा वेवारिसे पुरुषको शव फेला

गोरखा , १२ मंसिर । गोरखा तर्फको त्रिशुली नदीमा १ जना पुरुषको वेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार अन्दाजी ३०–३५ बर्षका पुरुषको वेवारिसे शव फेला परेको हो ।

शव गण्डकी गाउँपालिका–२ को गोर्दी स्थित त्रिशुली नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

बिहीबार बिहान ११ बजेको समयमा स्थानियले खबर गरेर प्रहरी चौकी कुरिन्टार गोरखाबाट गएको प्रहरीको टोलीले शव नदी किनारमा घोप्टो अवस्थामा फेला पारेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

ब्यत्ती पहिचानकोलागि देशैभरको प्रहरी कार्यालयमा जानकारी गराइएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । उनको शव अहिले प्रादेशिक अस्पताल गोरखाको शव गृहमा राखिएको पनि प्रहरीले जनाएको छ । घटना बारे प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology