गोरखा,१० मंसिर । गोरखा नगरपालिका–९ स्थित श्री महालक्ष्मी मावि लक्ष्मीबजारका उज्ज्वल गुरुङलाई ‘जेहेनदार तथा लगनशील छात्रवृत्ति प्रदान गरीएको छ ।
सेवा र विकासका लागि युवाको आयोजना र ओरेगन नेपाली समाजको आर्थिक सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा बुधबार एक कार्यक्रमका बिच कक्षा ८ मा अध्यनरत गुरुङलाई १४ हजार रुपैयाँ प्रदान गरीएको राष्ट्रिय प्राज्ञिक विद्यार्थी परिषदका सचिव अभिषेक बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रमका संयोजक तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल गोरखा नगर अध्यक्ष एवम् गोरखा क्याम्पसका सहायक प्राध्यापक दिलिप कोइरालाले छात्रवृत्ति उज्ज्वलको शैक्षिक लगनशीलता र क्षमताको सम्मानस्वरूप प्रदान गरिएको बताउनुभएको छ ।
श्री महालक्ष्मी माविका प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर उपरकोटीले छात्रवृत्तिले विद्यार्थीमा थप उत्साह जगाउने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा सचिव बिष्ट, गण्डकी प्रदेश छात्रा प्रमुख युना खनखवास, सदस्य रोशिका खनखवास, शिक्षक,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।