Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा दाउ प्रहार गर्ने १ जना बिरुद्ध ज्यान मुद्धा दर्ता


378
Shares

गोरखामा दाउ प्रहार गर्ने १ जना बिरुद्ध ज्यान मुद्धा दर्ता

गोरखा, ९ मंसिर । गोरखाको शहिद लखन गाउँपालिकामा सामान्य विवादमा दाउ प्रहार गरेर घाईते बनाउने बिरुद्ध गोरखा प्रहरीले ज्यान मुद्धा दर्ता गराएको छ ।

ज्यान मुद्धा दर्ता गरिएका ब्यती शहिद लखन गाउँपालिका(५ ताक्लुङ देउरालीका २९ बर्षिय मिलन आले भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आलेले यही मंसिर ७ गते आइतबारका दिन राती ९स्४० बजेको समयमा खाना खाने बिषयलाई लिएर बिवाद हुदा संगै काम गर्ने रसुवा जिल्ला उत्तरगया गाउँपालिका( ४ का बर्ष ३० को सबिन थिङ र चिनियाँ नागरिक बर्ष ४५ को मिस्टर थोङलाई दाउ प्रहार गरेर घाईते भएका थिए ।

सोही गाउँपालिका(४ को ताक्लुङमा रहेको सिञ्जाली मा।बिको भवन निर्माणमा खटिएको दुवै जनालाई दाउ प्रहार गरेर भागेका आलेलाई प्रहरीले खोजतलास गरी मंसिर ८ गते सोमबार ज्यान मार्ने उद्योग मुद्दामा दिन ७ म्याद लिई थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार आलेले प्रहार गरेको दाउले सबिन थिङ बायाँ गालामा, बायाँ घाँटी र ढाँडमा चोट लागेको छ भने चिनियाँ नागरिक मिस्टर थोङ टाउकोको पछाडी भागमा चोट लागेको छ ।

दुवै जनाको प्रदेश अस्पताल गोरखामा उपचार पछी काममा फर्किएका छन् । पक्राउ परेका आले बिरुद्ध प्रहरीले अनुसन्धान अगाडी बढाएको बिकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology