Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा जेसिजद्धारा ह्विल चियर बितरण


1.8K
Shares

गोरखा जेसिजद्धारा ह्विल चियर बितरण

गोरखा, ५ मंसिर । गोरखा जेसिज गोरखाले आज ह्विल चियर बितरण गरेको छ । गोरखा नगरपालिका(३ नारेश्वरमा रहेका ४ जनालाई ह्विल चियर बितरण गरेको अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।

नारेश्वरका खड्गबहादुर बिक, मिठुमायाँ सिर्मल, गंगाकुमारी खड्का र प्रभात कुमाललाई ह्विल चियर बितरण गरिएको गोरखा जेसिज गोरखाले जानकारी दिएको छ ।

हाल रोजगारीको सिलसिलामा अमरिकामा बस्दै आएका गोरखाका उत्तम जंङ थापाको सक्रियतामा संकलित १ लाख ८७ हजार ४०० रुपैयाँले खरिद गरेको ३६ थान चियर मध्ये ४ थान बितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

बाँकी चियरहरु जिल्ला भित्र रहेका पूर्ण रुपमा अपाङता तथा आर्थिक अवस्था कमजोर एवं अत्यावश्यक मानिसहरु लाई मात्र बितरण गरिने गोरखा जेसिजले जानकारी दिएको छ ।

आजको ह्विल चियर बितरण कार्यक्रममा गोरखा नगरपालिका ३ का वडाध्यक्ष सानुकाजी कुवर, गोरखा जेसिज गोरखाका अध्यक्ष गुरुङ, कोषाध्यक्ष प्रमोद जंङ कुवर, कानूनी सल्लाहकार सुजित श्रेष्ठ एवं बुद्धी जोगी र जिवन थापा समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology