Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रहरी र युवाबीच झडपपछि सिमरामा कर्फ्यू आदेश


1.2K
Shares

प्रहरी र युवाबीच झडपपछि  सिमरामा कर्फ्यू आदेश

जनकपुरधाम, ३ मंसिर । प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरुले विरोध गरेपछि झडपको स्थिति बनेको थियो ।

त्यसपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ(बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२स्३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology