काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले आज ९आइतबार० सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएका छन् ।
एउटा अदालतबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेजीको निर्णय लिएको उहाँले बताउनुभयो ।
अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको उहाँले जानकारी दिुनुभयो । आयोगमा यसरी दर्ताका लागि कागजात पेश भएका २८ वटै दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए । यो बीचमा आजका दिनमा पनि दर्ता भएका राजनीतिक दलको संख्या १२२ वटा नै छ । यो बीचमा ७ वटा राजनीतिक दल खारेज भए । र यति नै थपिए,’ भट्टराईले भन्नुभयो, ‘अहिले २८ वटा दल दर्ताका लागि पाइपलाइनमा छ । उहाँहरू दल दर्ताको प्रक्रियामा हुनुहुन्छ ।’