Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै


1.4K
Shares

नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै

काठमाडौँ, ३० कात्तिक । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ ।

यद्यपि, आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ ।

यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology