Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै


1.5K
Shares

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उहाँ निकट एक नेताले पुष्टि गरेका छन् ।

उहाँ १० कात्तिकमा पत्नी डा। आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर जानु भएको थियो । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।

सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology