Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको पालुङटारमा मंसिर ४ देखि ७ गतेसम्म नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


924
Shares

गोरखाको पालुङटारमा मंसिर ४ देखि ७ गतेसम्म नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

गोरखा, २६ कार्तिक । गोरखाको पालुङटार नगरपालिकाले आगामी मंसिर महिनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ ।

नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुने प्रतियोगितामा माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरूबीच हुने नगरपालिकाले जनाएको छ ।

यहीँ मंसिर ४ गतेदेखि ७ गतेसम्म पालुङटार नगरपालिका वडा नं. ४ स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सहभागिताका लागि निमन्त्रणा उहाँको भनाई छ । प्रतियोगितामा सहभागी हुन चाहाने विद्यालयहरूले खेलाडीसँग सम्बन्धित फाराम भरेर मंसिर ३ गतेसम्ममा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्नेछ । प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक सशक्तिकरण, अनुशासन, समूह भावना र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय स्तरमै खेल भावना र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिदैँ आएको उहाँले बताउनुभयो । यस वर्षको नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड पप्रतियोगितामा एथलेटिक्स र भलिबल खेलहरु समावेश गरिनेछन्। एथलेटिक्स अन्तर्गत रनिङ (दौड प्रतियोगिता) र फिल्ड इभेन्ट (हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो आदि) हुने छन् ।

दौडतर्फ विद्यार्थीहरूले १००, २००, ४०० , ८००, १५००., २०००. र रिले रिले तर्फ ४ र सय १२ मिटर दौड प्रतियोगितामा खेडालीहरुले प्रतिस्पर्धाको अवसर पाउनेछन् । नगरपालिका स्तरीय प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology