Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाक सुलिकोट गाउँपालिकामा भुकम्पको पुनःनिर्माणपछि जनताको जिविकोपार्जनलाई प्राथमिकता


3.4K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा भुकम्पको पुनःनिर्माणपछि जनताको जिविकोपार्जनलाई प्राथमिकता

गोरखा १२, बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पुनःनिर्माणको कामलाई प्राथामिकतामा राखेर काम गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक केन्द्र बिन्दु बनाएर भुकम्प गएको ५ बर्ष पुरा भएको अबसरमा शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्नुहुदै गाउँपालिकाले पुनःनिर्माणलाई प्राथामिकताको साथ अघि बढाएको उल्लेख गर्नुभएको छ ।

बिज्ञप्तीमा उहाँले भुकम्पको केन्द्रबिन्दु रहेको जिल्लाको बारापाकमा निर्माणाधिन भुकम्प स्मृति पार्कले समेत पछिल्लो समयमा बिस्तारै आकार लिईसकेको उल्लेख गर्दैैै पुनःनिर्माण संगै आर्थिक, सामाजिक पुनस्थापनाको कामलाई पनि गाउँपालिकाले प्राथामिकता दिएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै भुकम्पपछि गाउँपालिकामा जनताको जिविकोपार्जनलाई प्राथामिकता प्रदान गर्दै जापानी सहयोग नियोग (जाइका) को सहयोगमा सहभागितामुलक पुर्नलाभ परियोजना एवं बिश्व खाद्य संगठनको सहयोगमा खाद्य सुरक्षा तथा पोषण सुधार कार्यक्रम आयोजना सञ्चालन भईरहेको बिज्ञप्ती मार्फत जनाइएको छ । बिज्ञप्तीमा बिनासकारी भुकम्पको पाँच बर्षका बिचमा गाउँपालिकाका अधिकांस निजी आवासहरु, सामुदायिक बिधालयहरुको पुर्ननिर्माण सम्पन्न भइसकेको उल्लेख गरिएको छ ।

त्यस्तै पुनःनिर्माणमा अग्रसरताका साथ सहयोग पु¥याउनु हुने सवै गाउँपालिका बासी, बिभिन्न संघसंस्था, पत्रकार लगायतलाई बिज्ञप्ती मार्फत धन्यबाद दिनुहुदै अध्यक्ष भट्टले भुकम्पमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली समेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष भट्टद्धारा जारी बिज्ञप्तीमा बारपाक भुकम्पले बिपतको पूर्वतयारी, प्रतिकार्य एवं पुर्नलाभको क्रियाकलापलाई अझ योजनाबद्ध एवं व्यवस्थित ढंगले अघि बढ्न पाठ सिकाएको भन्दै गाउँपालिका समग्र बिपत व्यवस्थापनको कार्यमा थप जिम्मेवार बनेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology