Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

दुल्लभ माध्यमिक विद्यालय घ्याम्पेसालमा शौक्षिक अनुगमन सम्पन्न


3.5K
Shares

दुल्लभ माध्यमिक विद्यालय घ्याम्पेसालमा शौक्षिक अनुगमन सम्पन्न

गोरखा, २५ कार्तिक । गोरखाको भिमसेनथापा गाउँपालिकामा स–साना बालबालिकाको शैक्षिक अवस्था, शिक्षकको अध्यापन पद्धति तथा विद्यालय व्यवस्थापनको अध्ययन र अनुगमन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १, घ्याम्पेसालस्थित दुल्लभ माध्यमिक विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा ‘अक्कल’, उपाध्यक्ष अमृता ओस्ती भट्ट, शिक्षा शाखा प्रमुख यानबहादुर नेपाली तथा एकिकरण नेपालका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कक्षा १ र ३ का बालबालिकाको शैक्षिक प्रगति, कक्षाकोठाको वातावरण, बसाइ व्यवस्थापन र शिक्षकको अध्यापन शैलीको मूल्यांकन गरिएको थियो ।

 

अनुगमनका क्रममा उक्त विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले एकिकरण नेपालको व्यवस्थापन र रुम टु रिडको सहयोगमा आफुले सिकेका सीपलाई व्यवहारमा उतार्न थालेको बताएका थिए ।

उनीहरूले घर–परिवारसँग सहज संवाद गर्न, नेतृत्व क्षमता विकास गर्न, बचत गर्ने बानी बसाल्न र समाजका साना समस्या समाधान गर्न सक्ने सीप आफुहरुले सिकेको बताए ।

विद्यार्थीहरूले आफूहरूले सिकेका विषयवस्तु अभिनयमार्फत प्रस्तुत पनि गरेका थिए । सन् २०२२ बाट गोरखाका नौ वटा स्थानीय तहअन्तर्गत २ सय १९ विद्यालयमा कक्षा ८ र ९ का बालिकाका लागि सञ्चालन भइरहेको बालिका शिक्षा कार्यक्रम र जीवन उपयोगी सिप तालिम कार्यक्रमले बालबालिकामा पढ्ने–लेख्ने बानी विकाससँगै जीवन उपयोगी सीप र क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको एकिकरण नेपालका म्यानेजर रुषा तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार, उक्त कार्यक्रमले आगामी दिनमा सबै बालबालिकालाई कक्षा १२ सम्मको शिक्षा अनिवार्य बनाउने लक्ष्यका साथ विद्यालयस्तरमै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा योगदान पु¥याइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology