Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आफ्नै बुवाको ह”त्या आरोपमा गोरखाका एक पुरुष पक्राउ


3.2K
Shares

आफ्नै बुवाको ह”त्या आरोपमा गोरखाका एक पुरुष पक्राउ

गोरखा, २४ कार्तिक । आफ्नै बुवाको ह”त्या गरेको आरोपमा गोरखाका १ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ३६ बर्षिय रोशन गुरुङ भन्ने पेम्बा लामालाई प्रहरीले पक्राउ गरेको प्रहरी बृत्त स्वयम्भू काठमाडौंले पुष्टी गरेको हो ।

काठमाडौं महानगरपालिका–१५ किमाडोल बस्ने लामालाई प्रहरी बृत्त स्वयम्भूले हिजो आइतबार राती पक्राउ गरेको हो ।

पेम्बाले आफ्नो बुवा ७८ बर्षिय आमकी लामालाई कुटपिट गर्दा गंभिर घाईते भएका थिए । आमकीको मनमोहन अस्पतालमा उपचारको क्रममा ज्यान गएलगत्तै प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीको टोलीले हिजो राती पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology