काठमाडौं, २० कार्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेर २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।