Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पाङबारी हिमालमा हराएका दुई आरोहीको शव फेला, हिउँमा पुरिएको अवस्थामा उद्धार


1.5K
Shares

पाङबारी हिमालमा हराएका दुई आरोहीको शव फेला, हिउँमा पुरिएको अवस्थामा उद्धार

गोरखा, १८ कात्तिक — गोरखाको पाङबारी हिमाल आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन नागरिकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव पाङबारी हिमालको पहिलो शिविर नजिकै हिउँमा पुरिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार, दुवै आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। सात हजार पाँच सय मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा उनीहरू हिमपातका कारण अलपत्र परेका थिए।

उनीहरूसँगै रहेका ६५ वर्षीय इटालियन नागरिक भेल्टर परलिनो लाई गत आइतबार हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको थियो। साथै, सोही टोलीसँग रहेका नेपाली नागरिकहरू पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology