Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इरानमा १८० जना सवार विमान दुर्घटना


1.5K
Shares

इरानमा १८० जना सवार विमान दुर्घटना

काठमाडौं २३, पुस । इरानको राजधानी तेहरानमा आज १ सय ८० जना सवार बिमान दुर्घटनामा परेको छ । युक्रेनको एउटा यात्रीवाहक विमान बुधबार बिहान दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो ।

दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ । बिमानमा सवार सवै यात्रुहरुको मृत्यु भएको हुनसक्ने आंशका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology