Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा सहित ७ जिल्लालाई सतर्कता अपनाउन मौसम विभागको आग्रह


1.6K
Shares

गोरखा सहित ७ जिल्लालाई सतर्कता अपनाउन मौसम विभागको आग्रह

गोरखा, ११ कार्तिक । आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको हो ।

मौसम विभागले ७ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाका केही स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो । यी स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमाली भू(भागमा हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

अद्यावधिक रहने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम ९पूर्व०, रुकुम ९पश्चिम०, बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थान रहेका छन् ।

विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology