गोरखा ३ कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का भलिवल खेलाडीहरुले खेलमार्फत जितेको नगद पुरस्कार गम्भीर दुघर्टनामा परेर स्पाइनल इन्जुरी भएका युवकलाई सहयोग गरेको छ ।
खेलाडाीले श्री गण्डकी युवा क्लब बोर्लाङ र श्री चण्डेश्वरी युवा क्लब अश्राङद्वारा आयोजित दुई छुट्टाछुट्टै भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका वडा नम्बर ८ का खेलाडीहरूले प्राप्त पुरस्कार रकममध्येबाट रु।१०,००० सहयोगस्वरूप स्पाइनल इन्जुरीका बिरामी भिमसेनथापा गाउँपालिका–८, अमलाभञ्ज्याङका विकास श्रेष्ठलाई प्रदान गरिएको स्थानीय विपिन श्रेष्ठले जानकारी दिनुभयो ।
खेलकुद क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय सहानुभूतिको स्वरुप खेलाडीहरुले आफुले पुरस्कार जितेको नगद रकम गम्भीर घाइते व्यक्तिलाई आर्थिक सहयोग गरिएको बताउनुभयो । खेलकुदले केवल शारीरिक क्षमता र प्रतिस्पर्धा मात्र होइन, आपसी सहकार्य र सामाजिक उत्तरदायित्वको भावना पनि जगाउँछ ।