Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ


2.2K
Shares

कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा, १२ असोज : जेनजी आन्दोलनका क्रममा देशका बिभिन्न कारागारबाट भागेका १२ जना फरार कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये कास्की कारगारबाट भागेका ७ जना, केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका ३ जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बि.कले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेनजी आन्दोलनकै क्रममा तनहुँ कारागारबाट भागेका एक जना र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जनालाई कैदीबन्दीलाई पनि पक्राउ गरि आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको हो ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका बिक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको एसपी बि.कले बताउनुभयो ।

त्यस्तैगरी, केन्द्रिय कारागार जगन्नाथ देवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पनि पक्राउ गरेर सम्वन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट आन्दोलनका क्रममा भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

उहाँले भन्नुभयो, ‘‘पक्राउ परेका सवैलाई केही समय जिप्रका गोरखाको थुनुवा कक्षमा राखेर कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको छ ।’’ गोरखाबाट पक्राउ परेकामध्ये धेरै गोरखा नै घर भएका र केही जिल्ला बाहिर घर भएकाहरु भागेर गोरखा आइपुगेको पाइएको एसपी बि.कको भनाई छ ।

आन्दोलनका क्रममा भागेका कैदीबन्दीको सूचना संकलनका काम भइरहेको र अझै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology