गोरखा, ११ असोज । गोरखाको मनकामना केबलकार सेवा दशैंका मुख्य दिनहरूमा अस्थायी रूपमा बन्द हुने भएको छ । कम्पनीले जारी गरेको सूचनामा २०८२ साल असोज १५ गते महानवमी अक्टोबर १, १६ गते विजयादशमी अक्टोबर २ र १७ गते एकादशी अक्टोबर ३ का दिन सेवा बन्द रहने उल्लेख छ ।
यस अवधिमा यात्रुहरूलाई केबलकार प्रयोग गर्न नपाउने जनाइएको छ । नियमित सेवा भने असोज १८ गते शनिबार अक्टोबर ४ देखि पुनः सुरु हुने जानकारी कम्पनीले जनाएको छ । दशैंको बेला मनकामना मन्दिर दर्शन गर्न जानेहरुको केबलकारमा भिड लाग्ने गर्दछ । मनकामना केबलकार परिवारले दशैंको अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेको छ ।