Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक


763
Shares

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ११ असोज। राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology