गोरखा, ८ असोज ः गोरखा दरबारको दान पेटिकामा संकलित भेटी गणना गर्न सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित सरोकारवाला निकायको उपस्थितीमा भेटी गणना थालिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोरखा दरबार र श्री भवानी गोरखकाली मन्दिरको मूल ढोका अगाडीको दुवै दानपेटीमा खोलेर भेटी गणना गर्न सुरु गरिएको हो । भेटी गणनामा गोरखा दरबार हेरचाह अड्डा, कोष तथा लेखा नियन्त्रण कार्यालय, गोरखा दरबार पोष्टका सुरक्षाकमीलगायतको सहभगिता रहेको छ । उक्त दानपेटीमा २०८२ बैशाखदेखि १५ गतेदेखि यहीँ असोज ९ गतेसम्मका भेटी छन् ।