गोरखा ५ असोज । नेपाल बाल संगठन जिल्ला कार्य समिति गोरखाको जिल्ला सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रताप ढकालको सभापतित्वमा सर्वसम्मत नयाँ जिल्ला समिति गठन भएको छ ।
नवगठित समतिको उपसभापतिमा प्रशुराम भट्ट, सचिवमा शर्मिला घिमिरे कार्की, कोषाध्यक्षमा ज्योती कोइराला चयन भएका छन् । सदस्यमा हरी सिखडा, प्रेमध्वज थापा, बालकृष्ण परियार र शान्ता रोका चयन भएका छन् ।
नेपाल बाल संगठनका केन्द्रीय कोषाध्यक्ष देउमान विष्ट प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा जिल्लाभरिबाट आएका ५१ जना जिल्ला सभा सदस्यहरूको सक्रिय सहभागिता सहभागिता रहेको नवगठित जिल्ला समितिका सभापति प्रताप ढकालले जानकारी दिनुभयो ।
अघिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउमान विष्टले बाल संगठन मुलुकभरका बालबालिकाको हकहित संरक्षण, अधिकार अभिवृद्धि र प्रतिभा विकासका लागि अग्रसर हुँदै आएको बताउनुभयो ।
नेपाल बाल संगठन गोरखा जिल्लामा विगतदेखि नै बालअधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नयाँ नेतृत्व चयनसँगै संगठनले जिल्लामा बालबालिकाको हितमा थप प्रभावकारी कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ । संगठनको विधानअनुसार समितिको कार्यकाल चार बर्षको रहने जनाइएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रमा समितिमा निवर्तमान सभापति मोहन भट्टराई, अधिबक्ता रमेश अधिकारीलगायतको सहभागिता रहेको थियो ।