काठमाडौं,४ असोज । उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा पत्रकारहरूसँगको कुराकानीमा उनले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका हुन् ।
ुसरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाइसकेको छ। अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ,ु उहाँले भन्नुभयो ।
सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाई नहुने बताउनुभएको छ । त्यस अवसरमा उहाँले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गर्नुभयो ।