Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

धार्चे गाउँपालिकामा संविधान दिवस २०८२ बिभिन्न कार्यक्रम गरी मनाइने


672
Shares

धार्चे गाउँपालिकामा संविधान दिवस २०८२ बिभिन्न कार्यक्रम गरी मनाइने

गोरखा, २ असोज । धार्चे गाउँपालिकामा संविधान दिवस २०८२ बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । गाउँपालिकाले नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरलाई सम्मान गर्न संविधान दिवस २०८२ लाई विशेष र भव्य रुपमा मनाउने तयारी गरेको छ ।

गाउँ कार्यपालिकाको मिति २०८२ भदौ १९ गते बसेको बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विविध कार्यक्रमसहित राष्ट्रिय पर्व मनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले सम्पूर्ण निकाय र स्थानीय बासिन्दालाई संविधा दिवस अवसरमा आयोजित कार्यक्रमहरुमा संक्रिय सहभागी हुन आह्वान गरेको छ । निर्णयअनुसार असोज २ गते बिहान गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा राष्ट्रिय झण्डा मर्यादापूर्वक सजाउने र कार्यालय परिसर सफा गर्ने कार्यक्रम छ ।

त्यस्तै असोज २, ३ र ४ गते बेलुकी गाउँपालिका अन्तर्गतका सबै कार्यालय र विद्यालयमा दिप प्रज्वलन गरिनेछ । गाउँपालिकाले आम नागरिकलाई पनि आफ्नो घर, टोल तथा सार्वजनिक स्थलको सरसफाइ गरी असोज ३ गते साँझ घर–घरमा दिप प्रज्वलन गर्न आग्रह गरेको छ ।

संविधान दिवसको मुख्य दिन असोज ३ गते बिहान ८ बजे जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागितामा खोर्लाबेशी र माछिखोला बजार सरसफाइ अभियान सञ्चालन गरिनेछ। सोही दिन बिहान १० बजे प्रभातफेरीसहित औपचारिक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरिने योजना छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत विनायक तिमिल्सिनाले सम्पूर्ण वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा गाउँपालिकावासीलाई सक्रिय सहभागिताका साथ कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।

“सुन्दर, सुरक्षित, समृद्ध धार्चे” नारासहित आयोजना हुने यस वर्षको संविधान दिवसले समुदायमा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र संविधानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology