Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका ब्यावसायीहरुलाई सहुलियत ऋण लगानी गर्न संघ र एनआईएमबी बैंक बिच सम्झौता


798
Shares

गोरखाका ब्यावसायीहरुलाई सहुलियत ऋण लगानी गर्न संघ र एनआईएमबी बैंक बिच सम्झौता

गोरखा, १ असोज । गोरखा उद्योग बाणिज्य संघ र एनआईएमबी बैंक गोरखा शाखा बिच गोरखाका व्यवसायीहरुलाईसहुलियत व्याजमा ऋण उपलब्ध गराउने गरी मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उद्योग बाणिज्य संघ गोरखाको पहलमा जिल्ला भित्र ब्यवसाय गर्न चाहने तथा ब्यवसाय गर्दै आएकाहरुलाई बैंकले सहुलियतमा ऋण लगानी गर्ने सम्झौता भएको संघका महासचिव चन्दनबाबु खत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

सदरमुकाममा भएको एक कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेत बिच सम्झौता भएको हो । कार्यक्रममा संघका अध्यक्ष मास्केले संघमा आबद्व भएका ब्यवसायीहरुको हितका लागि बैंक गरिएको जानकारी दिनुभयो । ‘सम्झौता बमोजिम अब संघको सिफारिसमा संघमा आबद्व ब्यावसायीहरुलाई बैंकले ऋण लगानी गर्नेछ’ उहाँले भन्नुभयो ‘यसले गोरखाका ब्यावसायीहरुलाई ब्यापार ब्यवसाय गर्न अझै सहजता हुनेछ ।’ सम्झौता अनुसार संघमा आबद्व ब्यावसायीहरुले बैंकबाट ६ भिन्न प्रकारका सहुलियत ऋण लिन पाउनेछन् ।

जसअन्तरर्गत ब्यवसाय कर्जा, घर कर्जा, सवारी कर्जा, ब्यक्तिगत कर्जा, शेयर कर्जा र शैक्षिक कर्जा रहेको बैकका शाखा प्रमुख मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । सम्झौता बमोजिम बैंकले अन्य ऋणीहरुलाई लगानी गरेकोभन्दा संघले सिफारीस गरेका ब्यावसायीहरुलाई सेवा शुल्कमा ०.५ प्रतिसत र व्याजदरमा ३ प्रतिशतसम्म सहुलियतमा ऋण लगानी गर्नेछ । गोरखा शाखाले पहिलो पटक संघ संग सम्झौता गरेर ब्यावसायीहरुलाई सहुलियत व्याजमा ऋण लगानी गर्न लागेको हो ।

यो सम्झौताले गोरखामा ब्यवसाय गर्न चाहेका र गरेकाहरुले पनि लाभ लिन सक्ने उहाँको भनाई छ । प्रमुख बस्नेतका अनुसार विभिन्न शिर्षकमा ५० हजारदेखी २५ करोडसम्म ऋण लगानी गरीने छ ।

उहाँले सबै कागजपत्र पुरा गरेको ७ देखी १० दिनमा बैंकले ऋण लगानी गर्ने समेत जानकारी दिनुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरु शित्तलकाजी मास्के, ईश्वर काजी मास्के, रामबावु जोशी र निर्वतमान अध्यक्ष कृण्ण कुमार श्रेष्ठ तथा संघका पदाधिकारीहरुको समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology