काठमाडौं, ३० भदौ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।
सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन् ।
यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उहाँले बताउनुभयो । शवको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
त्यसैगरी, शवलाई सरकारले घरसम्म पुर्याउने र नसकिने ठाउँमा हेलिकप्टरको प्रयोग गर्ने निर्णय गरेको हो ।