काठमाडौं२९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्नुभएको छ । रास्वपा छोडेको जानकारी दिँदै उहाँले भन्नुभयो,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उहाँले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उहाँको भनाइ छ । उहाँले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराउनुभएको छ । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उहाँले भन्नुभएको छ , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’
पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उहाँको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उहाँले भन्नुभएको छ ।
सुमना यसअघि रास्वपाको सह(महामन्त्रीबाट राजीनामा दिनुभएको थियो । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिनुभएमने थियो । समानुपातिकबाट सांसद बन्नुभएको उहाँ प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री बन्नुभएको थियो ।