काठमाडौं, २८ भदौ । जेन्जी आन्दोलनमा घुसपैठ हुँदा माओवादी केन्द्रका १९ जना नेताको घर जलेका छन् । नेकपा माओवादी केन्द्रका प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालसहित १९ नेताका घर जलेका हुन् ।
कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा माओवादी केन्द्रका नेताहरू जेन(जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको पार्टीले जनाएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रको भनाई छ।
कसको के भयो ?
१-अध्यक्ष क। प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२- वरिष्ठ उपाध्यक्ष क। नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३-उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४- उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५- उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६- उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७- उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८-उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९- सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०- केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११- केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२- केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३-केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४-केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५-केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६- केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।
१७-केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८- केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९- केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
२०- बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।