Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पालुङटार नगरपालिकामा भोलीबाट विद्यालय नियमित सञ्चालन हुने


1.1K
Shares

पालुङटार नगरपालिकामा भोलीबाट विद्यालय नियमित सञ्चालन हुने

गोरखा, २८ भदौ । गोरखाको पालुङ्टार नगरपालिकामा भोली आईतबारबाट विद्यालय नियमित सञ्चालन हुने भएको छ ।
जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका कारण पालुङटार नगरपालिकाभित्र असुरक्षा र अन्योल सिर्जना भएको भन्दै गत भदौ २४ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । तर अब अवस्था सामान्य भइसकेको भन्दै नगरपालिकाले बिद्यालय सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको निर्णयअनुसार आगामी भदौ २९ गते आइतबारदेखि नगरभित्रका सबै शैक्षिक संस्थाहरू नियमित रूपमा सञ्चालन हुने भएका छन् । पालुङटार नगर प्रमुख विवस चिन्तनले विज्ञप्ति जारी गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी विद्यालयहरू पुनः सञ्चालनमा ल्याउन सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

यसअघि आन्दोलनका कारण विद्यालय क्षेत्रमा पठनपाठन अवरुद्ध भएको भन्दै पालुङटार नगरपालिकाले सुरक्षा दृष्टिकोणले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

अब भने शान्त वातावरण कायम भइसकेकाले विद्यालयहरू पुनः सञ्चालनमा आउने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology