Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तनहुँ कारागारबाट भागेका ४५ कैदीबन्दी पक्राउ


1.4K
Shares

तनहुँ कारागारबाट भागेका ४५ कैदीबन्दी पक्राउ

तनहुँ, २७ भदौ । जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिँदै भन्नुभयो, “कारागारबाट भागेका कैदीबन्दीमध्ये ४५ जनालाई नियन्त्रणमा लिएका छौँ र बाँकीको खोजी जारी छ ।”

कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क राखेर सुरक्षित फिर्ताको लागि आग्रह गरेको छ । कारागारका जेलर टेकप्रसाद भट्टराई जानकारी दिनुभयो ।

आवश्यक सम्पर्कका लागि परिवार र आफन्तहरूले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो, हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयास गरेका छौँ ।”

कार्यालयले जानकारी दिए अनुसार तीन सय सात पुरुष र २० जना पुरुष गरी ३२७ जना फरार भएका थिए । आन्दोलन चर्किँदा स्थिती नियन्त्रण बाहिर गएको र सुरक्षाकर्मीले समयमै नियन्त्रण गर्न नसक्दा कैदीबन्दी भाग्न सफल भएका थिए ।

मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीहरूले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् ।

फरार कैदीबन्दीमध्ये केही सामान्य मुद्धामा सजाय भुक्तान गर्दै थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । प्रशासनले छिटो फिर्ता र सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय जारी राखेको छ । साथै, कारागार प्रशासन कार्यालयमा आगलागीले क्षति पुगेकोले त्यसको व्यवस्थापनको काम पनि भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology