Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन


973
Shares

शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन

काठमाडौँ,२७ भदौ । भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।

डा। चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए । जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा उपचारत छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology