गोरखा, २७ भदौ । लागूऔषध सहित गोरखाका अपिल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट नियन्त्रित लागू औषध नेपालीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
गोरखा नगरपालिका(१३ तिनकिलो बस्ने ३० वर्षीय नेपालीबाट प्रहरीले ट्रामाडोल ९० ट्याब्लेट सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा।प्र।०२ (००१ ख ९९१४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।