बागलुङ १०, बैशाख । बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गलकोट नगरपालिका–१ दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो।
घरमा सुतिरहेको अवस्थामा चट्याङ परी बेहोस भएकी उनको आरोग्य अस्पताल हटिया बागलुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।