काठमाडौ, २५ भदौ । जेन(जी आन्दोलनका अगुवाहरूले बुधबार अपराह्न पत्रकार सम्मेलन गर्ने भएका छन् । अपराह्न ३ स् ३० बजे अनलाइन पत्रकार सम्मेलन गर्ने भन्दै उनीहरूले लिंक शेयर गरिरहेका छन् ।
उनीहरूले आन्दोलनका आधिकारिक प्रतिनिधिहरूबारे मिडियामा फरक–फरक नामहरू आइरहेकोमा पनि आश्चर्य व्यक्त गरेका छन् । पत्रकार सम्मेलनबाट सबै विषय प्रस्ट पारिने उनीहरूको भनाइ छ ।
जेन–जी आन्दोलनको नेतृत्वकर्ता रहेको दाबी विभिन्न व्यक्तिहरूले गरिरहेका छन् ।