Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे


1.8K
Shares

सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे

काठमाडौं, २५ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बताएको छ ।

त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बताएका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो ।

अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology