Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भागेका कैदी धमाधम समाउँदै सेना, रवि लामिछाने पनि सशंकित


1.2K
Shares

भागेका कैदी धमाधम समाउँदै सेना, रवि लामिछाने पनि सशंकित

काठमाडौ, २५ भदौ । नेपाली सेनाले जेन– जीको आन्दोलनपछि कारागारहरूबाट भागेका कैदीहरूलाई समातेको छ । सेनाले डिल्लीबजारस्थित कारागारबाट भाग्न तयारी गरेकाहरूलाई नियन्त्रणमा लिएर अर्को कारागारमा सार्न लागेको छ । डिल्लीबजार कारागारका कैदीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने रिहा भएकोले आफूहरू पनि रिहा हुनुपर्ने मागसहित आज बिहानदेखि कारागार तोडफोड र आगजनीको प्रयास गरेका थिए । त्यस्तै, सेनाले डडेलधुरा जिल्ला कारागारबाट निस्केर भागेका २६ कैदीलाई नियन्त्रणमा लिइएको छ ।

मंगलबार जेन–जीको आन्दोलन चर्किएपछि सुरुमा रास्वपा सभापति लामिछानेलाई उनका कार्यकर्ताहरूले नख्खु कारागारबाट निकालेका थिए । लामिछाने निस्किएपछि नख्खु कारागारसँगै देशका विभिन्न कारागारका कैदीहरू भागेका थिए । कैदीहरूले कारागार तोडफोड र आगजनी गरेर भागेका थिए । सो क्रममा झडप हुँदा केही कारागारमा भने मानवीय क्षतिसमेत भएको छ ।

त्यस्तै, सेनाले धमाधम कैदी पक्राउ गर्न थालेपछि रास्वपा सभापति लामिछाने सशंकित बनेका छन् । हिजो कारागारबाट निस्किएर कार्यकर्तालाई सम्बोधन गरेका रवि लामिछाने अहिले सुरक्षित स्थानमा बसेको रास्वपा नेताहरूले जनाएका छन् ।

उनी पक्षका कार्यकर्ताहरूले राष्ट्रपति र जेन–जीहरूबीच हुने वार्ताम रविलाई पनि सहभागी गराउनुपर्ने माग राखेका थिए । तर, अहिले उनीहरू मागबाट पछि हटेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology