काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन् । गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद् बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
विज्ञप्ति जारी गर्दै बजगाईंले भनेका छन्, ‘न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु ।’
उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमा घोषणा गरेका छन् ।