Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

१६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा


1.3K
Shares

१६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ, २४ भदौ । सोमबार देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनमा मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार सोमबार मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि अस्पताल पुराइएको छ।

उहाँ भन्नुहुन्छ, ‘‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन् ।’’

डा। चौधरीका अनुसार हालसम्म पोस्टमार्टम प्रक्रिया सुरू भएको छैन । घटना भएको प्रहरी प्रशासनले पोस्टमार्टम गर्नका लागि पत्र नदिएसम्म पोस्टमार्टम सुरु गर्न नमिल्ने डा चौधरीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘‘अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । पत्र आएपछि मात्रै पोस्टमार्टमको प्रक्रिया सुरु हुन्छ ।’ सोमबार जेनजी प्रर्दशनका कारण चार सय भन्दा बढी घाइते हुनुका साथै १९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology