Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम रोकिदैन् : अध्यक्ष दाहाल


1.1K
Shares

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम रोकिदैन् : अध्यक्ष दाहाल

गोरखा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत आयोजना निर्माणको काम नरोकिने बताउनु भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्र्तगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बुढीगण्डकी आयोजनाको काम कुनैपनि हालतमा अघि बढाइने बताउनुभयो ।

‘‘स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘आयोजनाका लागि अहिलेसम्म झण्डै ५० अरव जति खर्च भइसकेको छ, अव आयोजना निर्माण रोकिदैन् । आफु प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि वालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्नुहुँदै उहाँले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिंगो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

त्यस्तै अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माणका लागि चीन सरकारसंग सैदान्तिक सहमति भएको बताउनुभयो । ‘‘सैदान्तिक सहमति पछि चीनको एउटा टिम नेपाल आएर अध्ययनको काम पनि भइसकेको छ, उहाँले भन्नुभयो, तर हामीले सरकार छोडेपछि त्यो प्रक्रिया कहीँ न कहीँ अबरुद्ध भएको छ, पालुङटारमा नै कृषि औद्योगितक क्षेत्र निर्माण गर्न हाम्रो जोड छ ।’’

एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा जनतामा निरासा बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी नेतृत्वको सरकारले थालेको सुशासन अभियान नै रोकिएको वताउनुभयो । ‘‘हाम्रो आफ्नै तागतमा प्रधानमन्त्री भएको भए त धेरै नै काम गर्न सकिन्थ्यो, उहाँले भन्नुभयो, ‘‘आफ्नो शक्तिमा भन्दा अन्य पाटीको सहयोगमा प्रधानमन्त्री चलाउन पर्ने जटिलताका बीच पनि थुप्रै जनपक्षीय काम गर्न सफल भयौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology