Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

शीतल निवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू


616
Shares

शीतल निवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू

 

काठमाडौँ, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि कर्फ्यू विस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाएको हो ।

आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology