Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा पहिलो पटक सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा जडान


2.1K
Shares

गोरखामा पहिलो पटक सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा जडान

गोरखा, २३ भदौ । गोरखामा पहिलो पटक सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा जडान गरिएको छ । यात्रुको सुरक्षा र सडक दुर्घटनाका क्रममा हुने प्रमाणकालागि पहिलो पटक गोरखामा चल्ने सार्वजनिक सवारीमा सिसी क्यामेरा जडान गरिएको हो । गोरखाबाट बिरगञ्ज चल्ने यात्रुबाहक बस ग.०३–०१ ख ००२६ मा सिसी क्यामेरा जडान गरिएको छ ।

जिल्लाको अजिरकोट गाउँपालिका–४ बालुवा निवासी ज्ञान बहादुर गुरुङले आफ्नो सवारीमा जिल्लामा नै पहिलो पटक सिसी क्यामेरा जडान गर्नुभएको हो । उहाँका अनुसार यात्रुको सुरक्षा तथा भवितब्य घटनामा प्रमाणकालागि क्यामेरा जडान गरिएको बताउनुभयो ।

सन टेक्नोलोजिलले चाईनामा बनेको यूएनभीको ६ वटा क्यामेरा बसमा जडान गरेको प्रोपाइटर नारायण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बसमा जडान गरिएका क्यामेरा तथा अन्य प्राविधिक बस्तुमा ७० हजार खर्च आएको बताउनुभयो । क्यामेरा संगै १० च्यानलको एनभिआर, १ हजार जिबीको हार्डडिक्स, १० पोर्टको पिओई स्विच बसमा राखिएको छ ।

बसमा नेट सहितको ब्यवस्था भएकोले देशको कुनै पनि भागमा जाँदा वा आउदा सवारी धनीले घरमा नै बसेर बस भित्र र बाहिरका गतिविधी सहजै हेर्न सक्ने पनि सन टेक्नोलोजिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology