Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेता- सांसदलाई मेयर बालेनले भने, जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला


1.1K
Shares

नेता- सांसदलाई मेयर बालेनले भने, जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला

काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्न नेता अभियन्ताहरूलाई आग्रह गर्नुभएको छ । जेनजीहरूको विरोध र्‍यालीलाई समर्थन जनाउँदै मेयर बालेनले उनीहरूको कुरा बुझ्न आग्रह गर्नुभएको हो ।

भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा को हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ। जसका लागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ।

भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनु हुन्छरु, बालेनले फेसबुकमा लेखेका छन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताले भोलि ९सोमबार० देशव्यापी विरोध गर्ने तयारी गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology