काठमाडौ, २२ भदौ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिने घोषणा गरेका छन् । जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् ।
नेताका सन्तानको विलासी जीवनशैलीको विरोधका जेन–जीहरूले भोलि संसद भवनअगाडि विरोध प्रदर्शन घोषणा गरेका छन् । प्रसाईंले उक्त प्रदर्शनमा सरिक हुने बताएका छन् ।
उहाँले जेन– जी अहिले सुरु गरेको यो अभियानलाई आफूले तीन वर्षअगाडि उठाएको मुद्दासँग मिलेको बताउनुभयो। उहाँले भन्नुभएको छ, ‘तीन वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको छ, धन्यवाद सबैलाई ।’
त्यस्तै, उहाँले आन्दोलनलाई दमन नगर्न सरकारसमक्ष अनुरोध गर्नुभएको छ । प्रसाईं गत चैत १५ मा तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा उग्रता मच्चाएर भाग्ने क्रममा भारतबाट पक्राउ परेका थिए । उक्त मुद्दामा धरौटीमा रिहा भएका प्रसाईं पहिलोपटक सडमा आउन लागेका हुन् ।