Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

निजामती सेवा दिवस २०८२ गोरखामा विविध कार्यक्रमसहित मनाइने


1.7K
Shares

निजामती सेवा दिवस २०८२ गोरखामा विविध कार्यक्रमसहित मनाइने

गोरखा १९ भदौ ः  गोरखामा यस वर्षको निजामती सेवा दिवस २०८२ भव्यताका साथ मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको संयोजकत्वमा बुधबार बसेको तयारी बैठकले विभिन्न कार्यक्रम गरी सेवा दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले भदौ २१ गते बिहान ७ बजे नेपाल रेडक्रस सोसाइटी गोरखामा रक्तदान कार्यक्रम आयोजना गरिने छ भने सोही दिन बिहान ८ बजे गोरखा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ ।

त्यसैगरी, भाद्र २२ गते बिहान ७ बजे ठूलो आगमनमा जम्मा भएर प्रभातफेरि निकाल्ने र समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ । कार्यक्रममा जिल्लास्थित सबै कार्यालयका कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकारलगायत अन्य सरोकारवालालाई समेत उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकले प्रभातफेरीमा सहभागी हुने सबै कर्मचारीहरूलाई अनिवार्य पोशाकमा उपस्थित गराउन कार्यालय प्रमुखहरूलाई आग्रह गरेको छ । बैठकमा गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, गोरखा नगरपालिका, प्रदेश अस्पताल गोरखा लगायतका कार्यालयको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology