Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा सचिवालयको आकस्मिक बैठकले यस्तो गर्यो निर्णय ?


1.5K
Shares

नेकपा सचिवालयको आकस्मिक बैठकले यस्तो गर्यो निर्णय ?

काठमाण्डौं ८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले पार्टीलाई मजबुत र सरकारलाई सफल बनाउने निचोड निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई मजबुत बनाउँदै राष्ट्रिय स्वाधिनतको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सचिवालय बैठकमा सरकारले आज ल्याएका दुईवटा अध्यादेशबारे विभिन्न कोणबाट छलफल भएको पनि बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश ल्याउने निर्णय गर्नुको औचित्यबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए। त्यसपछि सचिवालय सदस्यहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिनुभयो ।

बैठककै बीच राष्ट्रपति विद्यादेवी भण्डरीबाट अध्यादेश जारी भएको सूचना समेत सचिवालय जानकारी गराएको थियो।
“विभिन्न कोणबाट छलफल भएका छन् तर, अहिले मुख्यतस् दुईटा केन्द्रीय कार्यभारबारे छलफल भयो”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “पार्टी एकतालाई मबजुत गर्ने र सरकारलाई सफल बनाउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, सामाजिक, आर्थिक रूपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्ने।”

तत्काललाई विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने विषयमा समेत बैठकमा जोड दिइएको नेकपा प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology