Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा पाँचकोट तमु समाज काठमाडौंको दोस्रो वार्षिक सभा सम्पन्न


1.4K
Shares

गोरखा पाँचकोट तमु समाज काठमाडौंको दोस्रो वार्षिक सभा सम्पन्न

गोरखा १४ भदौ । गोरखा पाँचकोट तमु समाज काठमाडौंको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङको प्रमुख आतिथ्यता एव समाजका अध्यक्ष सागर गुरुङको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा समाजको गत वर्षको गतिविधि, आर्थिक अवस्था र आगामी कार्यदिशा विषयमा विस्तृत समीक्षा गरिएको थियो।

साधारण सभामा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङ, जिल्ला सदस्य चन्द्रबहादुर गुरुङ र गंगा गुरुङ, साथै तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद काठमाडौं जिल्ला सदस्य बिजमाया गुरुङलाई समाजको तर्फबाट विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै साधारण सभाकै अवसरमा समाजका कोषाध्यक्ष डोलबहादुर गुरुङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महिला समूहको कोषाध्यक्ष इन्द्रा गुरुङको अनुमतिमा महासचिव बिकास गुरुङले महिला समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित भएको थियो।

कार्यक्रममा संविधान सभा सदस्य इन्द्रमाया गुरुङ, सस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष पोखरीबहादुर गुरुङ, सल्लाहकारहरू तोपबहादुर गुरुङ, बिरबहादुर गुरुङ, प्रेम गुरुङ, शितल गुरुङ लगायत पदाधिकारी, महिला समूहका सम्पूर्ण सदस्यहरु लगायतको सहभागिता रहेको थियो।

साधारण सभाले समाजको रिक्त रहेका तीन सदस्य पदमा सोनी गुरुङ, प्रमिशा गुरुङ र सरस्वती गुरुङलाई सर्वसम्मत रुपम मनोनित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology