Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दसैँमा नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने


1.1K
Shares

दसैँमा नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

काठमाडौं, १५ भदौ । यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट होइन, सुकिला प्रयोग नभएको सफा नोट मात्रै साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने प्रचलनलाई अन्त्य गरी अब दसैँमा सुकिला नोट मात्र उपलब्ध गराउने नीति लिएको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार दसैँका लागि बजारमा पठाइएका नयाँ नोटहरू एकपटक मात्र प्रयोग भएर फेरि राष्ट्र बैंकमै फर्किने हुँदा छापाइ खर्च बढ्ने समस्या आइरहेको थियो । त्यसैले लागत घटाउन र नोटको प्रयोगलाई प्रभावकारी बनाउन नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गरिएको हो ।

पौडेलका अनुसार यस वर्ष पनि सर्वसाधारणले राष्ट्र बैंक वा विभिन्न बैंकमार्फत सुकिला नोट साट्न पाउनेछन् । दसैँका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म साट्ने व्यवस्था हुने जानकारी उहाँले दिनुभयो ।

तर, पाँच रुपैयाँका सुकिला नोट सकिएकोले त्यसको नयाँ नोट नै साट्न पाइने उहाँले बताउनुभयो । आवश्यक परेको खण्डमा अन्य मूल्यका नयाँ नोट पनि उपलब्ध गराइने भए पनि त्यसलाई दसैँ लक्षित नयाँ नोट वितरण भन्ने उद्देश्यले नगर्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै दसैँमा नयाँ नोट साट्ने परम्परा बन्द गरेको हो । सुरक्षा चुनौती र छापाइ खर्च बढी हुने कारण देखाउँदै अबदेखि दसैँमा सुकिला नोट मात्र साटिने नीति कायम गरिएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology