Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्री विरुद्ध अभ्रद टिप्पणी गर्ने द्रब्यशाहका शिक्षक रेग्मीलाई माफी माग्न अनेरास्ववियूको अल्टिमेटम


2.4K
Shares

प्रधानमन्त्री विरुद्ध अभ्रद टिप्पणी गर्ने द्रब्यशाहका शिक्षक रेग्मीलाई माफी माग्न अनेरास्ववियूको अल्टिमेटम

गोरखा १४ भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक केशव रेग्मीलाई प्रधानमन्त्रीसम्बन्धी अमर्यादित अभिव्यक्ति दिएपछि तत्काल माफी माग्न चेतावनी दिएको छ।

संगठनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रेग्मीलाई २४ घण्टा भित्र सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिको सार्वजनिक माफी माग्न आग्रह गरेको हो।

अनेरास्ववियूले गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक रेग्मीले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको प्रसङ्गमा सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई ‘अमर्यादित, अराजक र घृणाजन्य’ भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अध्यक्ष दिपेन्द्र मालबुलद्वारा शनिबार जारी विज्ञप्तिमा रेग्मीले २०८२ भदौ १४ गते फेसबुकमा ‘नेपालमा मात्र हो यिनले भुक्ने, त्यहाँ पुगेपछि त लुते कुकुर जस्तै हुने हो,’ भन्ने टिप्पणी गरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री देशका सबैको अभिभावक हुन्। शिक्षणजस्तो बौद्धिक क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी बिर्सेर गालीगलौज गर्नु लाजमर्दो कार्य हो।”

संगठनले रेग्मीलाई क्याम्पस प्रशासनबाट तत्काल कारबाही गर्न माग गर्दै यदि २४ घण्टा भित्र माफी नमागिए कानुनी प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ।

“हाम्रो आग्रहलाई कमजोरी ठानेर वेवास्ता गरेमा आगामी दिनमा आइपर्ने परिणामको भागीदार रेग्मी र उनलाई संरक्षण गर्ने क्याम्पस प्रशासन स्वयं हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।

अनेरास्ववियूले शिक्षण क्षेत्रलाई मर्यादित, अनुशासित र राजनीति–घृणामुक्त बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology