Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पालुङ्टारमा माओवादी केन्द्रद्वारा एकदिने पार्टी स्कुलिङ सम्पन्न, संगठन सुदृढीकरणमा जोड


2.7K
Shares

पालुङ्टारमा माओवादी केन्द्रद्वारा एकदिने पार्टी स्कुलिङ सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरखा १४ भदौ : पालुङ्टार नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर समितिद्वारा आयोजना गरिएको एक दिने पार्टी स्कुलिङ कार्यक्रम शनिबार सम्पन्न भएको छ।

माओवादी केन्द्र पालुङ्टार नगरसमितीका अध्यक्ष मदन देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीको नीतिगत दिशा, स्थानीय सरकार सञ्चालनका चुनौती, समाजवाद र राजनीतिक अर्थशास्त्रजस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमर तमु प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला इन्चार्ज तमुले पार्टीको राजनीतिक कार्यदिशा र आगामी रणनीतिसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्कुलिङ विभाग सदस्य लेखनाथ न्यौपानेले समाजवाद र त्यसको व्यावहारिक प्रयोगका सन्दर्भमा प्रशिक्षण दिनुभयो।

त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्य एवं पालुङ्टार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले स्थानीय सरकार सञ्चालनमा देखिएका चुनौती, अवसर र त्यसको समाधानबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले स्थानीय तहमा पार्टीको सक्रियता अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै स्कुलिङ कार्यक्रमा पार्टीका अर्का केन्द्रीय सदस्य खोपबहादुर कंडेलले राजनीतिक अर्थशास्त्र र वर्तमान परिवेशमा पार्टीको भूमिका विषयक प्रशिक्षण दिनुभयो । त्यस्तै  पार्टीका अर्का बैकल्पिक केन्द्रिय सदस्य लेखबहादुर थापाले दर्शन शास्त्र बिषयमा स्कुलिङ प्रदान गर्नुभयो  भने नेकपा माओवादी केन्द्र गोरखाका सचिव अकुर तिमिल्सिना ‘आयाम’ले संगठन निर्माण र पार्टी सुदृढीकरणबारे प्रशिक्षण प्रदान गर्नुभयो ।

कार्यक्रममा समसामयिक राजनीतिक परिवेश, संगठनात्मक विकास र स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने रणनीतिसम्बन्धी विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो।

कार्यक्रमका सञ्चालनकर्ता एवं नेकपा माओवादी केन्द्र पालुङ्टार नगर कमिटीका सचिव शंकरराज कडेलका अनुसार पालुङ्टार नगरपालिका भरिका सक्रिय सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। उहाँले पार्टी स्कुलिङले नगरस्तरमा पार्टी संगठनलाई अझ सुदृढ र सक्रिय बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

माओवादी केन्द्रले आगामी दिनमा पनि यस्ता वैचारिक तथा संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिरहेको समेत जानकारी दिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology